७ बैशाख २०८२, आइतबार | Mon Apr 21 2025


सिन्धुलीमा हात्तीको आंतक बढ्दा जनजीवन प्रभावित


156
Shares

सिन्धुृली । सिन्धुृलीमा जंगली हात्तीको आतंक बढ्दै गएको छ । घना जंगल भएको चुरे पहाड कमलाखोँच क्षेत्रमा जंगली हात्तीको त्रासका कारण स्थानीय रातमा समेत जाग्राम बस्नु पर्ने बाध्यतामा छन् ।

राती घर–घरमा छिरेर हात्तीले दुःख दिन थालेपछि उनीहरु रातको समयमा समेत पहरा दिन थालेका हुन् ।

कोशी टप्पु बन्यजन्तु आरक्षणबाट सिन्धुलीको कमलाखोँच क्षेत्रमा छिरेका जंगली हात्तीले सिन्धुलीको कमलाखोंच क्षेत्रका स्थानीयबासिन्दालाई दुःखदिन थालेको छ ।

हात्तीको झुुण्डले कमलामाई र दुधौंली नगरपालिकाका विभिन्न वडाहरुमा गरी ५ दर्जन घर आवास भत्काएर सर्वसाधरणको हरिबिजोग बनाएका छन् ।

घरमा राखेको अन्नपात खाएर हात्तीले जनजीवनसमेत आतंकित बनाएपछि यहाँका सर्वसाधरणले थातथलो छाड्ने सोच बनाउन थालेका छन् ।

विगतका वर्षहरुमा पुस-माघ महिनामा सिन्धुलीकोे कमलाखोच क्षेत्रमा आउने जंगली हातीको झुण्ड यसवर्ष भने मंसिर महिनामै छिरेका हुन् ।

कमलाखोँच घना जंगल क्षेत्रमा प्रवेश गरेर कमलामाई नगरपालिकाको रानीवास, चन्दनपुर र दुधौली नगरपालिका क्षेत्रका विभिन्न मानव बस्तीहरुमा प्रवेश गर्दा सर्वसाधरण त्रसित बन्दै गएका हुन् ।

दिनको समयमा चुरे र भावर क्षेत्रमा बस्ने र रातको समयमा चुरे पहाड जंगलबाट मानव बस्तीमा प्रवेश गर्ने जंगली हात्तीका कारण स्थानीय बासिन्दाहरु रातभर धुनी बालेर जागाराम बस्ने गरेका छन् ।

कतिपयले भने रातको समयमा घर छाडने गरेको स्थानीय थिरबहादुर कार्कीले बताउनु भयो ।

विगत लामो समयदेखि जिल्लाको कमलाखोँच स्थित हुदै आउने जंगली हात्तीलाई सरकारी सम्बन्धित निकायले दिगो रुपमा व्यवस्थापन गर्न नसक्दा जंगली हात्तीको आक्रमणमा परी सिन्धुलीमा दर्जनौ सर्वसाधरणहरुको अकालमै ज्यान गुमाउनु परेको छ ।

सरकारले समय समयमा हात्ती नियन्त्रण गर्ने भन्दै बिभिन्न योजना बनाए पनि त्यसको कार्यान्वयन हुन नसक्दा सिन्धुलीवासीले हात्ती आंतकबाट अझै मुक्ति पाउन नसकेका हुन् ।

त्यसैले यहाँका स्थानीय सरकारले यहाँको हात्ती आंतकलाई नियन्त्रण गर्न ठोस योजना बनाउनु अब ढिला गर्न हुन्न ।