काठमाडौ । भारतमा पछिल्लो २४ घण्टामा थप १ लाख ६१ हजार ३ सय ८६ जना मानिसमा कोरोना संक्रमण पुष्टि भएको छ ।
केन्द्रीय स्वास्थ्य मन्त्रालयका अनुसार गत २४ घण्टामा २ लाख ८१ हजार १ सय ९ जना संक्रमणमुक्त भएका छन् ।
सोहि अवधिमा थप १ हजार ७ सय ३३ जनाको मृत्यु भएको भारतको केन्द्रीय स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
भारतमा कोरोना संक्रमण पुष्टि हुनेको संख्या घट्दै जाँदा मृत्यु हुनेको संख्या भने झनै बढेको छ ।
अघिल्लो दिन भारतमा १ लाख ६७ हजार ५९ जना संक्रमित थपिँदा २ लाख ५४ हजार ७६ जना संक्रमणमुक्त भएका थिए । साथै ११ सय ९२ जनाको मृत्यु भएको थियो ।
पछिल्लो तथ्यांक अनुसार अहिले भारतमा १६ लाख २१ हजार भन्दा बढी सक्रिय संक्रमित रहेको भारतको केन्द्रीय स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्