
काठमाडौं । बलिउडदेखि दक्षिण भारतका फिल्महरुमा बिस्तारै आइटम गीतहरुको क्रेज बढिरहेको छ । प्रायः सबै फिल्महरुमा आइटम गीत राखिएको पाइन्छ । आइटम गीत राखेपछि फिल्म चल्छ भन्ने विश्वासले कुनै फिल्ममा नसुहाउदाँ पनि आइटम गीत राखेको पाइन्छ । आइटम गीतमा अभिनेत्रीहरुले ४/५ मिनेट नाचेर महँगो पारिश्रमिक लिने गर्दछन् ।
हेरौँ कसको पारिश्रमिक कति ?

सामन्था रुथ प्रभु
पछिल्लो समय दक्षिण भारतकी अभिनेत्री सामन्था प्रभु निकै चर्चामा रहेकी थिइन् । पुष्पा फिल्ममा रहेको आइटम गीतमा उनले महङ्गो पारिश्रमिक लिएकी थिइन् । भर्खरै अभिनेता नागा चैतन्यसँग सम्बन्ध बिच्छेदपछि उनको यो पहिलो आइटम गीत हो । गीत हिट भएतापनि गीतको निकै आलोचना भएको थियो । सामन्थाले यस गीतमा ५ करोड भारतीय रुपैँया पारिश्रमिक लिएको बताइएको छ ।

नोरा फतेहि
नोरा फतेहि बलिउडमा एक छत्र राज गरिरहेकी अभिनेत्री हुन् । उनको नृत्यका कारण उनलाई महङ्गो पारिश्रमिक दिएर आइटम गीतहरुमा लिइरहेका छन् । उनको नृत्य अरु नायीकाहरुको तुलनामा निकै नयाँ र आकर्षण हुने गरेको छ । उनले गरेको सबै गीतहरु हिट भएका छन् । उनले एउटा गीतमा नृत्य गरे बापत करिब ५० लाख भारतीय रुपैँया पारिश्रमिक लिने गरेकी छिन् ।

सनी लियोनी
बलिउडमा आइटम गितहरु गर्ने अभिनेत्रीहरु मध्ये निकै चर्चित अभिनेत्री हुन्, सनि लियोनी । उनले गरेको आइटम गीतहरु शत प्रतिशत हिट हुन्छ भन्ने विश्वास गर्दछन्, फिल्म निर्माताहरु । रिर्पोटका अनुसार सनिले एउटा गीतमा नृत्य गरेबापत करिब ३ करोड भारतीय रुपैँया पारिश्रमिक लिने गरेकी छिन् । उनको पछिल्लो आइटम गीत मधुबन निकै आलोचनामा रहेको थियो ।

कट्रिना कैफ
कट्रिना बलिउडमा निकै रुचाएकी अभिनेत्री हुन् । उनले धेरै फिल्ममा आफ्नो अभिनयले सबैको मन जितेकी छिन् । भर्खरै विक्की कौशलसँग विवाह बन्धनमा बाधिएकी कट्रिना फेरी फिल्ममा र्फकिने तयारीमा छिन् । उनको आइटम गीतले निकै चर्चा पाएको छ । उनले एउटा गीतमा नृत्य गरेबापत ५० लाख भारतीय रुपैँया पारिश्रमिक लिने गरेको बताइएको छ ।

ज्याकलिन फर्नान्डिज
ज्याकलिन एक श्रीलंका तथा बलिउडकी अभिनेत्री हुन् । उनले सन् २००६ को मिस युनिर्भस श्रीलंका प्रतियोगिता जितेकी थिइन् । उनले धेरै काम भने बलिउडमा नै गरेकी छिन् । उनको थुप्रै आइटम गीतहरु हिट भएका छन् । रिर्पोटका अनुसार उनले एउटा गीतमा नृत्य गरेको ३ करोड भारतीय रुपैँया पारिश्रमिक लिने गरेकी छिन् ।

चित्रांगदा सिंह
चित्रांगदा बलिउडकी चर्चित अभिनेत्री हुन् । उनले गरेका आइटम गीतहरु निकै लोकप्रिय छन् । उनले एउटा आइटम गीतमा नृत्य गरेबापत लगभग ६० लाख भारतीय रुपैँया पारिश्रमिक लिने गरेको बताइएको छ ।

मलाइका अरोडा
मलाइकाले बलिउडका थुप्रै सुपरहिट फिल्ममा सुपरहिट आइटम गीतहरुमा नृत्य गरेकी छिन् । उनलाई दबंगको आइटम गीत मुन्नी बदनामले सफलता दिएको थियो । उनले एउटा गीतमा नृत्य गरेबापत १ करोड भारतीय रुपैँया पारिश्रमिक लिने खबर बाहिरीएको छ । उनी बिभिन्न कुराहरुले आलोचनामा तानिने गरेकी छिन् । उनी सलमान खानको भाई अरवाज खानसँग सम्बन्ध बिच्छेदपछि र्अजुन कपुरसँग प्रेम सम्बन्धमा रहेकी छिन् ।
प्रतिक्रिया दिनुहोस्