
काठमाडों । जिल्ला अदालत महोत्तरीले जसपा मधेस प्रदेशका सांसद कौशलकुमार यादवसहित १९ जनाको सम्पत्ति रोक्का गर्न आदेश दिएको छ ।
मधेस आन्दोलनका क्रममा सशस्त्र प्रहरीका असई थमन विकको हत्या अभियोगलागेका यादव सहितको सम्पत्ति रोक्का गर्न आदेश दिईएको हो ।
वि.स.२०७२ भदौ २५ मा जलेश्वरमा आन्दोलनका बेला सशस्त्र प्रहरीका असई थमन विक घाईते भएका थिए । उनलाई उपचारका लागि जनकपुर ल्याउने क्रममा एम्बुलेन्सबाट थुतेर असई थमन विकको हत्या गरिएको थियो ।
जिल्ला अदालत महोत्तरीमा २२ जनामाथि हत्या मुद्दा दर्ता भएको छ । जसमध्ये मधेस प्रदेश सांसद अभिराम शर्मा, जलेश्वर नगरपालिकाका मेयर रामशंकर मिश्र र तत्कालीन राजपाकै सुरेश पाण्डे अदालतमा हाजिर भएर वि.स.२०७५ साउन २९ मा साधारण तारिखमा रिहा भएका थिए ।
हाजिर नभएका उक्त घटनाका आरोपी जसपा सांसद यादवसहित १९ जनाको सम्पत्ति रोक्का गर्न अदालतले आदेश दिएको हो ।
प्रतिक्रिया दिनुहोस्