
काठमाडौंः प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच भेटवार्ता भएको छ ।
प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा देउवा र प्रचण्डबीच अहिले भेटवार्ता भइरहेको प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ ।
सचिवालयका अनुसार उहाँहरुबीच स्थानीय तहको निर्वाचन, एमसीसी लगायतका विषयमा छलफल भइरहेको छ ।
प्रधानमन्त्री देउवाले निर्वाचन आयोगका पदाधिकारीहरूसँग जेठ ४ मा स्थानीय चुनाव गर्ने बताउनु भएको थियो ।
प्रतिक्रिया दिनुहोस्