
एजेन्सी । अमेरिकाले यमनको विद्रोही समूहको आक्रमणविरुद्ध युएईको मद्दत गर्ने भएको छ ।
अमेरिकी रक्षामन्त्री लायड अस्टिन र युएईका राजकुमार मोहम्मद विन लादेन अल नहयानबीच भएको भेटवार्तापछि युएईको मद्दतको लागि जंगी जहाज र फाइटर जेट्स पठाएको बीबीसीले जनाएको छ ।
अमेरिकी रक्षा मन्त्रालयको तर्फबाट जारी विज्ञप्तिमा दुई नेताबीच हूती विद्रोही हालै गरेको आक्रमणमा युएईका केही नागरिकको मृत्यु भएको विषयमा छलफल भएको जनाइएको छ ।
हूती विद्रोहीको आक्रमणका कारण अमेरिका र युएईका सैनिकको सुरक्षामाथि पनि प्रश्न उठाएको पेन्टागनले जनाएको छ ।
रक्षामन्त्री लायडले अमेरिकाले युएईको साथ आफ्नो रणनीति साझेदारीलाई लिएर प्रतिबद्ध रहेको पनि उल्लेख गर्नुभएको छ ।
उहाँका अनुसार अमेरिकाले नेवीसँग मिलेर काम गर्ने मिसाइल नष्ट गर्ने किसिमको युद्धपोत युएई पठाउनेछ । यस्तै उसले फाइटर एयरक्राफ्ट पनि सहयोग गर्ने भएको छ ।
गत महिना युएईमा हूती विद्रोहीले ड्रोन आक्रमण गरेको थियो, जसमा तीन युएई नागरिकको मृत्यु भएको थियो ।
प्रतिक्रिया दिनुहोस्