२६ फाल्गुन २०८१, सोमबार | Mon Mar 10 2025


मधेश प्रदेशमा तीनवटा विषयगत समितिका सभापति चयन प्रक्रिया सुरु


117
Shares

काठमाडौं । मधेश प्रदेशका विषयगत समितिको सभापति चयन प्रक्रिया सुरु भएको छ ।

सार्वजनिक लेखा समिति, प्राकृतिक स्रोत तथा वातावरण समिति र कृषि तथा भूमि व्यवस्थापन समितिमा रिक्त रहेका सभापति चयनको प्रक्रिया सुरु भएको हो ।

प्रदेशसभा सचिवालयले बुधबार सूचना जारी गर्दै माघ २४ गते विहान ११ बजेदेखि ५ बजेसम्म सभापति पदका लागि प्रदेशसभामा उम्मेदवारी दर्ता गर्न आग्रह गरेको छ ।