
काठमाडौं, माघ १९ । सरकारको कार्यशैलीमा सुधार नहुँदा चालु आर्थिक वर्षको आधा समय वित्दा पनि पुँजीगत खर्चको अवस्था दयनीय छ ।
प्रतिस्थापन विधेयकमार्फत चालु आर्थिक वर्षको झण्डै डेढ महिनापछि १६ खर्ब ३२ अर्बको बजेट ल्याएको सरकारले ३ खर्ब ७८ अर्ब पुँजीगत खर्च छुट्याएको थियो ।
त्यसमध्ये अहिलेसम्म जम्मा १५ प्रतिशत अर्थात ५७ अर्ब मात्र खर्च गर्न सकेको छ । यस अवधिमा चालु खर्च भने ४२ प्रतिशत अर्थात ४ खर्ब ४२ अर्ब खर्च भइसकेको छ ।
मुलुकको आर्थिक सूचकांक हेर्दा व्यापार घाटा बढेको, विदेशी मुद्राको संचिति घटेको, भुक्तानी सन्तुलत ऋणत्मक हुनुका साथै बजारमा तरलताको अभाव छ । कर्जा प्रवाह उच्च भए पनि उत्पादन बढेको छैन ।
अर्थमन्त्री जनार्दन शर्माले पुँजीगत खर्च गर्न विभिन्न मन्त्रालयलाई ताकेता गर्दै यसलाई संकटको अवस्था मान्न नसकिने तर्क गर्दै आउनु भएको छ । तर अर्थतन्त्रका जानकारहरु भने अर्थमन्त्रालय र राष्ट «बैकबीचको तालमेल नहँुदा समस्या समाधान हुन नसकेको बताउँछन् ।
मन्त्रालय, राष्ट्र बैंक लगायतले माघ अन्तिम सातादेखि पुँजीगत खर्च परिचालनमा सुधार आएर तरलता संकटको अवस्था केही सहज हुँदै जाने दाबी पनि गर्दै आएका छन् ।
प्रतिक्रिया दिनुहोस्