
काठमाडौं, माघ १९ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नेपालको सबै प्रदेशमा कोरोनाको ओमिक्रोन भेरियन्ट फैलिएको जनाएको छ ।
मन्त्रालयको प्रेस ब्रिफिङमा प्रवक्ता डा. संगिता मिश्राले राष्ट्रिय जनस्वास्थ्य कार्यलयले थप २४ जनामा जिन सिक्वेसिङ् गर्दा २१ जनामा ओमिक्रोन भेरियन्ट र ३ जनामा डेल्टा भेरियन्ट भेटिएको जानकारी दिनुभयो ।
जसले अब ओमिक्रोन भेरियन्ट नेपालको सबै प्रदेशमा फैलिसकेको मन्त्रालयले जनाएको छ । मन्त्रालयले प्रति १० लाख जनसंख्यामा कोरोना संक्रमणको अवस्था हेर्दा सबै भन्दा बढी बागमती प्रदेशमा संक्रमण फैलिएको देखिएको र मधेस प्रदेशमा सबैभन्दा कम संक्रमण फैलिएको जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्