१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


झापाको जुत्ता कारखानामा आगलागी


364
Shares

झापा । मेचीनगर–६ काँकरभिट्टामा रहेको एसएस फुटवेयर जुत्ता कारखानामा आगलागी भएको छ ।

श्याम खेतानले सञ्चालन गरेको जुत्ता कारखानामा बिहीबार दिउँसो बाट सुरु भएको आगलागी भएको हो । आगलागीको कारणबारे अहिलेसम्म खुल्न नसेको प्रहरीले जनाएको छ ।

आगो नियन्त्रणका लागि ६ वटा बारुणयन्त्र परिचालन गरिएको इलाका प्रहरी कार्यालय काँकरभिट्टाले जनाएको छ । मेचीनगर नगरपालिकाको बरुणयन्त्र बिग्रिएका कारण समयमा दमकल पुग्न सकेन ।

जुत्ता कारखानामा ठूलो मात्रामा तेलका ट्याङकरहरू रहेकाले आगलागीबाट ठूलो क्षति भएको हुनसक्ने प्रहरीले अनुमान छ ।

अहिले सुरक्षाकर्मीहरूसँगै स्थानीयले घटनास्थलमा खटिएर त्यहाँ रहेका तेलका ट्याङ्करहरू बाहिर निकालिरहेका छन् । आगो नियन्त्रणको प्रयास अझै पनि जारी छ ।