
काठमाडौं, माघ २० । सामाजिक सुरक्षा कोषले हालसम्म योगदानकर्तालाई ६९ करोड रुपैयाँ दाबी भुक्तानी गरेको जनाएको छ ।
कोषले वृद्धावस्था सुरक्षा योजनाअन्तर्गत योगदानकर्तालाई ५६ करोड ५२ लाख दाबी भुक्तानी गरेको जनाएको हो ।
यसैगरी औषधोपचार, स्वास्थ्य तथा मातृत्व सुरक्षा योजनअन्तर्गत ९ करोड ७१ लाख, दुर्घटना तथा अशक्तता सुरक्षा योजनाअन्तर्गत ९० लाख र आश्रित परिवार सुरक्षा योजनाअन्तर्गत १ करोड ८६ लाख रुपैयाँ बढी दाबी भुक्तानी गरिएको कोषले जनाएको छ । हालसम्म कोषमा १२ अर्ब ७६ करोड योगादन रकम सङ्कलन भएको पनि जनाइएको छ ।
कोषले चार प्रकारका सुरक्षा योजना सञ्चालनमा ल्याएको छ । हालसम्म कोषमा १६ हजार ४७८ रोजगारदाता र तीन लाख ८ हजार ९ सय ७८ योगदानकर्ता आबद्ध भएका छन् ।
प्रतिक्रिया दिनुहोस्