१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


आइतबारबाट मौसममा सुधार आउने

उपत्यकासहित देशैभर वर्षा, केही स्थानमा असिना पानी

351
Shares

काठमाडौं । देशभर मौसम बदली भई केही स्थानमा गएरातिदेखि वर्षा भईरहेको छ । यो क्रम भोलि रातिसम्म जारी रहने र आइतबारबाट मौसममा सुधार आउने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार पश्चिमी न्यून चापीय प्रणालीको प्रभावले भोलिसम्म मौसम प्रभावित हुने भएको हो । बिहीबार साँझदेखि नै देशका अधिकांश ठाउँमा वर्षा र उच्च पहाडी तथा हिमाली क्षेत्रमा हिमपात भएको थियो ।

काठमाडौं उपत्यकामा पनि गएरातिदेखि मध्यम वर्षा भइरहेको छ । देशका केही स्थानमा असिना समेत परेको छ ।

शुक्रबार देशभर सामान्यदेखि पूर्ण बदली भई देशका धेरै स्थानमा मेघ गर्जन/चट्याङ/असिनासहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

साथै गण्डकी तथा लुम्बिनी प्रदेशको एक वा दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको बताइएको छ । देशका उच्च पहाडी तथा हिमाली भूभागका धेरै स्थानमा हल्कादेखि मध्यम हिमपातको सम्भावना रहेको छ ।