७ बैशाख २०८२, आइतबार | Sun Apr 20 2025


बझाङमा हिमपात : विद्युत, टेलिफोन, जयपृथ्वी राजमार्ग समेत अबरुद्ध


234
Shares

बझाङ । सुदुरपश्चिम प्रदेशका पहाडी जिल्ला बझाङ, बाजुरा, दार्चुला, बैतडी, डडेल्धुरा, डोटीमा हिमपात भएको छ ।

बिहीबार दिउँसोबाट वर्षासँगै हिमपात समेत सुरु भएको हो । बर्षासँगै जिल्लाका सुदुरपश्चिम प्रदेशका सबै क्षेत्रमा भारी हिमपात सुरु भएको हो ।

बझाङको सदरमुकाम चैनपुरमा २ बर्षपछि फेरी हिमपात भएको छ । हिमपातका कारण जिल्लाको टेलिफोन सेवा, यातायात सेवा र विद्युत सेवा समेत अबरुद्ध बनेको छ ।

जयपृथ्वी राजमार्ग अन्तरगत ढोल्यामोड श्रीभावर लगायतका दर्जनभन्दा बढी ठाँउमा बाक्लो हिमपातका कारण जिल्लाबाट लामो दुरीमा चल्ने दर्जनौ सवारीका साधन बिच बाटोमै अलपत्र परेका छन् ।

लगातार हिमपात भै रहेका कारण राजमागर्थ संचालनमा ल्याउन समय लाग्ने जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।