९ बैशाख २०८२, मंगलबार | Tue Apr 22 2025


चिनियाँ दूतावासको विज्ञप्तिमा सम्पादकहरुको आपत्ति


0
Shares

काठमाडौं, फागुन ७ । अंग्रेजी पत्रिका ‘द काठमान्डु पोष्ट’मा हिजो प्रकाशित लेखबारे काठमाडौंस्थित चिनियाँ दूतावासले जारी गरेको विज्ञप्तिप्रति सम्पादकहरूले आपत्ति जनाएका छन् ।

विभिन्न सञ्चारमाध्यमका सम्पादकले संयुक्त विज्ञप्ति निकाली दूतावासको विज्ञप्तिले कूटनीतिक मर्यादा नाघेको बताएका छन् ।

विज्ञप्तिमा नेपालको संविधानले पूर्ण प्रेस स्वतन्त्रताको ग्यारेन्टी गरेको र त्यसको अभ्यास र रक्षा गर्न आफूहरू प्रतिवद्ध रहेको उनीहरुले प्रष्ट गरेका छन् ।

सम्पादकहरुले कुनै विचार वा समाचार प्रकाशित गरेबापत सम्पादकको नामै उल्लेख गरेर लान्छित गर्ने र धम्की दिने कार्यप्रति गम्भीर ध्यानाकर्षण भएको बताएका छन् ।

यसअघि हिजो प्रकाशित काठमान्डु पोष्टमा ‘चाइनाज सेक्रेसी ह्याज मेड कोरोनाभाइरस क्राइसिस मच वर्स’ शीर्षकमा एशिया न्युज नेटवर्क (नाटो) को आर्टिकल छापिएको थियो ।

नाटोका लागि अमेरिकाका पूर्व राजदूत रहेका इभो ड्याल्डरको उक्त लेखमा चिनियाँ युआनमा भएको माओत्से तुङको तस्वीरमा मास्क लगाइएको छ ।

सोही विषयप्रति आपत्ति जनाउँदै हिजो चिनियाँ दूतावासले काठमान्डु पोष्टका सम्पादक अनुप काफ्लेले पहिलादेखि नै कुत्सित मनसायका साथ समाचार छापिरहेको आरोप लगाउँदै विज्ञप्ति निकालेको थियो ।