१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


रौतहटमा घर भत्किएर च्यापिँदा सुतिरहेकी महिलाको मृत्यु


143
Shares

काठमाडौं । रौतहटमा घर भत्किएर च्यापिँदा एक महिलाको मृत्यु भएको छ ।

अविरल वर्षाका कारण घर भत्किँदा सोही घरले च्यापिएर शुक्रबार दिउँसो महिलाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

मृत्यु हुनेमा बौधीमाई नगरपालिका–१ अजगैबी बस्ने ४५ वर्षीया फुलमतिया देवी रहेकी छन् ।

घरले च्यापिएर गम्भीर घाइते भएकी उनको उपचारको लागि मौलापुरतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको नेपाल प्रहरीको दैनिक समाचार बुलेटिनमा उल्लेख छ ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।