१ चैत्र २०८१, शुक्रबार | Fri Mar 14 2025


इलामको उच्च हिमाली क्षेत्रमा पुनः हिमपात


91
Shares

इलाम । इलामको उच्च हिमाली क्षेत्रमा पुनः हिमपात भएको छ । यो सँगै इलाममा तेस्रो पटक हिमपात भएको हो । यस अघि पुस र माघ दोस्रो सातामा हिमपात भएको थियो ।

शुक्रबार देखि निरन्तर परेको वर्षासँगै हिमपात हुँदा जिल्लाको प्रमुख पर्यटकिय स्थल थुम्केरानी सहित सन्दकपुर, कालपोखरी, जौवारी, तुम्लिङ्ग, गुरासे, मेघमा, चित्रे लगायतको स्थानमा बाक्लो हिमपात भएको हो ।

हिमपातका कारण यातायातका साधन ठप्प छन् भने स्थानीयको जनजीवन पनि प्रभावित भएको छ ।

हिमपात भएपछि आन्तरिक पर्यटकहरु हिउँ खेल्न आउने क्रम जारी छ ।