
कविलवस्तु । जिल्लाको कृष्णनगर नगरपालिकाका नगर प्रमुख रजत प्रताप शाह नेपाली कांग्रेसमा प्रवेश गर्नुभएको छ ।
२०७४ सालको स्थानीय तहको निर्वाचनमा स्वतन्त्र उम्मेदवारी दिएर विजयी हुनुभएका शाह कांग्रेस प्रवेश गर्नुभएको हो ।
शनिबार आफ्नै निवास बहादुरगञ्जमा एक कार्यक्रमकाबीच वडाध्यक्षसहित शाह नेपाली कांग्रेसमा प्रवेश गरेको नेपाली कांग्रेस कपिलवस्तुले जनाएको छ ।

शाहलाई पार्टी सदस्यता प्रदान गर्दै लुम्बिनी प्रदेश सभापति अमरसिंह पुनले शाहको प्रवेशले कपिलवस्तु क्षेत्र नम्बर ३ मा कांग्रेस थप बलियो भएको बताउनुभयो ।
नवप्रवेशी नगरप्रमुख शाहले स्वतन्त्र भइ काम गर्न कठिनाइ भोगेको बताउनुभयो ।
केन्द्रदेखि स्थानीय तहसम्म विभिन्न पार्टीका सरकार भएकाले आफू स्वतन्त्र भएर काम गर्न खोज्दा कृष्णनगरको विकासका लागि सहयोग प्राप्त गर्न नसकेको दुःखेसो पोख्नुभयो ।
शाहसँगै नगरपालिकाको वडा नम्बर ९ का वडाध्यक्ष राममिलन चौधरी, वहुजन पार्टीका प्रभावशाली नेता चर्तुभुज कहांर पनि कांग्रेस प्रवेश गरेका हुन् ।
प्रतिक्रिया दिनुहोस्