१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


माघ महिना नबित्दै शतप्रतिशत वर्षा : मौसम पूर्वानुमान महाशाखा


19.175k
Shares

काठमाडौं । जल तथा मौसम पूर्वानुमान महाशााले यस वर्ष माघ महिना नबित्दै सतप्रतिशत हिउँदे वर्षा भइसकेको जनाएको छ ।

महाशाखाको तथ्याङक अनुसार माघ नबित्दै ५७ दशमलव १ मिलिमिटर हिउँदे वर्षा भइसकेको हो । यो औसत हिउँदे वर्षाको ९९ दशमलव ७ प्रतिशत हो ।

महाशाखाले डिसेम्बरदेखि फेबु्रअरीसम्मलाई हिउँद मौसम मानेर औसतमा ६० दशमलव ९ मिलिमिटर वर्षा हुने जनाएको छ ।

तर, यस वर्ष भने समय अझै बाँकी छँदा नै शतप्रतिशत वर्षा भएको मौसम विश्लेषण शाखाका प्रमुख इन्दिरा कँडेलले जानकारी दिनुभयो । उहाँका अनुसार यो वर्ष हिउँदमा अघिल्लो वर्षको तुलनामा चार सय प्रतिशतले बढी वर्षा भएको छ ।

गत वर्ष हिउँदमा १५ दशमलव ४ मिलिमिटर वर्षा भएको थियो । यसवर्ष भने अझै हिउँद मौसम बाँकी नै रहेको छ । तर, अघिल्लो वर्षको तुलनामा यस वर्ष पाँच सय प्रतिशत बढी वर्षा हुने आँकलन गरिएको प्रमुख कँडेलले बताउनुभयो ।

गत वर्ष भन्दा यसवर्ष धेरै वर्षा भए पनि यो नौलो विषय भने नभएको महाशाखाले जनाएको छ । महाशाखाको तथ्याङक अनुसार २०६४ देखि पछाडि २०७५ र २०७६ सालमा धेरै हिउँदे वर्षा भएको थियो । २०७५ सालमा १०५ मिलिमिटर र २०७६ सालमा १४२ दशमलव ५ मिलिमिटर वर्षा भएको थियो ।

पश्चिमी न्यून चापीय प्रणालीको शक्तिशाली प्रभावका कारण विहीबार रातिदेखि देशभर वर्षा भएको थियो । महाशाखाका अनुसार मौसम आइतबारदेखि सुधार हुनेछ ।