१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


काठमाडौं महानगरपालिकाले लक्षित समूहलाई भोलिदेखि फाइजरको दोस्रो मात्रा दिन सुरु गर्ने


156
Shares

काठमाडौं । काठमाडौं महानगरपालिकाले भोलि सोमबारदेखि आगामी फागुन ५ गतेसम्म १२ बर्षदेखि १७ बर्ष उमेर समुहका लागि कोरोना विरुद्ध फाइजर खोपको दोस्रो मात्रा लगाउने भएको छ ।

जिल्ला खोप समन्वय समिति काठमाडौंले फाइजरको दोस्रो मात्रा खोप लगाउने सूचना सार्वजनिक गरेको हो ।

सूचनाअनुसार तोकिएको मितिमा शनिबार बाहेक अन्य सबै दिन बिहान १० बजेदेखि साँझ ४ बजेसम्म खोप लगाउन सकिने छ । जसका लागि काठमाडौं महानगरपालिका ३२ वटै वडाका खोप समन्वय समितिको निर्णयअनुसार विद्यालयहरुमा खोप केन्द्र राखिने छ ।