१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


प्रदेश १ मा मन्त्रिमण्डल विस्तार हुँदै, मन्त्रीको संख्या डेढ दर्जन नाघ्ने


130
Shares

काठमाडौ । प्रदेश १ का मुख्यमन्त्री राजेन्द्र कुमार राईले छ जना मन्त्री थपेर आज मन्त्रिमण्डल विस्तार गर्ने तयारी गर्नु भएको छ ।

थपिएका मन्त्रीहरुको आजैे प्रदेश प्रमुखको कार्यालयमा सपथ ग्रहण गराइने छ ।

आज विभागीय मन्त्रीहरुसहित केही राज्यमन्त्रीको समेत सपथ ग्रहण हुने जनाइएको छ ।

गठबन्धन भित्रका चार मुख्य दलहरुबाट कम्तिमा एक÷एक जनाका दरले प्रदेश १ को मन्त्रिमण्डलमा राज्यमन्त्रीहरु समेत थप हुने बुझिएको छ । मन्त्रीहरुको संख्या भने डेढ दर्जन पुग्नसक्ने देखिएको छ ।

मन्त्रिमण्डलमा नेपाली कांग्रेसबाट थप तीन जना, नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीबाट दुई/दुई जना मन्त्री बन्न लागेको बताईएको छ । गठबन्धन दलहरुबीच भागवन्डा मिलाउनकै लागि मुख्यमन्त्री राईले यसअघि सात सदस्यीय मन्त्रिपरिषद्लाई बढाएर १२ सदस्यीय बनाउनु भएको थियो ।