
काठमाडौं । कर्णाली प्रदेश सरकारले चालु आर्थिक वर्षमा गोठालो भत्ता दिने निर्णय गरेको छ ।
कर्णाली प्रदेशका हिमाली जिल्लाका कालीकोट, जुम्ला, हुम्ला, मुगु र डोल्पा जिल्लामा ५० भन्दा बढी भेडा ब्राखा पाल्ने किसानलाई गोठालो भत्ता निर्णय गरेको हो ।
५० भन्दा बढी भेडाब्राखा पाल्ने किसानलाई मासिक पन्ध्र सय गोठालो भत्ता दिने भूमि व्यवस्था, प्रदेश सरकारको कृषि तथा सहकारी मन्त्रालयले जनाएको छ ।
भेडाब्राखा पाल्ने किसानलाई गोठालो भत्ता दिनका लागि चालु आर्थिक वर्षमा ७२ लाख रुपैयाँ विनियोजन गरिएको छ ।
भेडाब्राखा पाल्ने किसानलाई गोठालो भत्ताका लागि अहिले जिल्ला पशु अस्पताल तथा पशु सेवा कार्यालयका लगत संकलन भइरहेको जनाईएको छ ।
कालीकोटको पचालझरना गाउँपालिकाले दुई वर्षदेखि गोठालो भत्ता दिँदै आएको छ ।
प्रतिक्रिया दिनुहोस्