
काठमाडौं । लता मंगेशकरको ९२ वर्षको उमेरमा निधन भएको छ । मुम्बईको ब्रीच क्याण्डी अस्पतालमा आज बिहान भारतिय समय अनुसार ८ बजेर १२ मिनेटमा उनको निधन भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।
लता विगत २७ दिनदेखि बिरामी थिइन् । लता मंगेशकरलाई कोरोना संक्रमण भएपछि ८ जनवरीमा मुम्बईको ब्रीच क्याण्डी अस्पतालमा भर्ना गरिएको थियो । लतालाई कोरोनासँग निमोनिया भएको थियो ।
डाक्टरले उनलाई सीधै आईसीयूमा भर्ना गरेर उपचार गरेका थिए । यी २७ दिनमा उनलाई २ दिन भेन्टिलेटरबाट हटाइयो । त्यसपछि उनको स्वास्थ्य फेरि बिग्रन थालेपछि लतालाई भेन्टिलेटर सपोर्टमा ल्याइएको थियो ।
उनले हिन्दीका साथै थुप्रै नेपाली गीतहरू पनि गाएकी छन् । उहाँको ३६ भाषामा ३० हजार भन्दा बढी गीत रकेर्ड भइसकेको छ । लताको पहिलो गीत सन् १९४२ मा रेकर्ड गरिएको थियो । उहाँको विभिन्न भाषामा ३० हजार भन्दा बढी गीत रकेर्ड भइसकेको छ ।
लता भारतको सबैभन्दा प्रतिष्ठित भारत रत्नबाट सन् २००१ मा बिभुषित हुनुभएको थियो । साथै उहाँलाई फ्रान्सले सन् २००९ मा सर्वाधिक ठुलो फ्रेन्च बिभुषणबाट सम्मान गरेको थियो । ल
लताले ५ बर्ष उमेरदेखि सुरु गरेको गायन क्षेत्र ७ दशक सम्म निरन्तरता दिएकी थिइन् । लता मंगेशकरको निधनले भारतीय संगीत जगतमा अपुरर्णीय क्षति पुगेको छ ।
उनको अन्तिम श्रद्धाञ्जलीका लागि विभिन्न राजनीतिक नेता, बलिउड सेलिब्रेटीहरू अस्पताल पुगेका छन् ।
प्रतिक्रिया दिनुहोस्