
बझाङ । बझाङको जयपृथ्वी राजमार्ग चार दिनदेखि अवरुद्ध भएको छ ।
गत विहीबारदेखि परेको बाक्लो हिमपातका कारण राजमार्ग अवरुद्ध भएको हो । हिमपातले ह्वात्तै चिसो बढेको र बाटोमा राम्रो बस्ने ठाउँसमेत नहुँदा निकै समस्या भएको यात्रुहरुले गुनासो गरेका छन् ।
धनगढी, महेन्द्रनगर, काठमाडौंबाट भित्रिने साना–ठूला सबै सवारीका साधन बैतडीको आलु गैरामा रोकिएका छन् भने बझाङबाट बाहिरिने यातायातका सवारी साधन रमिलापुरमा रोकिएको साईपाल गाँउपालिकाका अध्यक्ष राजेन्द्रबहादुर धामीले बताउनु भयो ।
सडक संचालन गर्न सडकमा भएको हिउँ पन्छाउने काम भइहेको उहाँले बताउनु भयो ।
प्रतिक्रिया दिनुहोस्