
दाङ । दाङमा स्थानीयलाई त्रसित पार्ने ७ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
तुलसीपुर उपमहानगरपालिका–३ भ्युडरस्थित खाली गोठबाट आज बिहान ७ जनालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता तथा प्रहरी नायव उपरिक्षक मुकुन्द प्रसाद रिजालले जानकारी दिनुभयो ।
उनीहरुले मादक पदार्थ सेवन गरी पेस्तोल आकारको आगो बाल्ने लाईटरसहित धारिलो हतियार राखी स्थानीयलाई त्रसित पारेको भन्ने सूचनाको आधारमा प्रहरीले पक्राउ गरेको हो ।
उनीहरुबाट प्रहरीले पेस्तोल आकारको लाईटर एक थान, खुडा एक थान, हसिया तीन थान, बन्चरो एक थान बरामद गरेको छ ।
प्रतिक्रिया दिनुहोस्