
फाइल तस्बिर
बैतडी, माघ २३ । हिमपातका कारण अवरुद्ध बैतडी-बझाङ जोड्ने जयपृथ्वी राजमार्ग आइतबार चार दिनपछि खुलेको छ ।
बिहीबारदेखि अवरुद्ध राजमार्ग आइतबार दिउँसदेखि सञ्चालनमा आएको बैतडीका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक दर्शन खड्काले जानकारी दिनुभयो ।
राजमार्गको खोडपे, दुदिलाखान, ढोल्यामोड, श्रीभावरलगायतका स्थानमा जमेको बाक्लो हिउँका कारण बिहीबारदेखि बन्द रहेको थियो ।
बिहीबारदेखिनै अवरुद्ध रहेको दशरथचन्द राजमार्ग र महाकाली राजमार्ग भने शुक्रबार नै सुचारु भएका थिए । यसैबीच हिमपातका कारण चिसो बढेकाले बैतडीको जनजीवन प्रभावित भएको छ ।
प्रतिक्रिया दिनुहोस्