१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


सोमबारदेखि जोर-बिजोर हटाउन सिफारिस, विद्यालयहरु फागुन १ देखि खुल्ने


5.031k
Shares

काठमाडौं, माघ २३ । काठमाडौं उपत्यकाभित्र निजी सवारी साधनमा लागु गरिएको जोर-बिजोर प्रणाली हटाउन सिफारिस गरिएको छ ।

कोरोना संक्रमणदर घट्दै गएको भन्दै सीसीएमसीको आइतबार बसेको बैठकले सोमबारदेखि जोर-बिजोर हटाउन सिफारिस गरेको हो ।

अहिले निजी सवारी साधन र ट्याक्सीमा जोर–बिजोर प्रणाली लागु भएको छ । बैठकले फागुन १ गतेदेखि विद्यालय सञ्चालन गर्न दिने निर्णय पनि गरेको छ ।

कोरोना संक्रमण बढेपछि माघ महिनाभर विद्यालय बन्द गरिएको थियो । माघ १५ देखि २० सम्म विद्यार्थीलाई खोप लगाउन विद्यालय खुलेका थिए ।

रात्रिकालीन व्यवसाय र खेलकूद पनि सञ्चालन गर्न सहज बनाउने सिफारिस भएको बताइएको छ ।