
काठमाडौं, माघ २३ । काठमाडौं महानगरपालिकाले सोमबार (भोलि)बाट १२ देखि १७ वर्ष उमेर समूहका बालबालिकालाई कोरोनाविरुद्ध फाइजर खोपको दोस्रो मात्रा दिने भएको छ ।
जिल्ला खोप समन्वय समितिको निर्णय अनुसार सोमबारदेखि फागुन ५ गतेसम्म फाइजरको दोस्रो डोज लगाइने महानगरपालिकाले जनाएको छ ।
महानगरका सबै वडामा शनिबार बाहेक सबै दिन बिहान १० देखि अपराह्न ४ बजेसम्म खोप लगाइने छ ।
फाइजरको पहिलो डोज लगाएको २१ दिन पूरा भएका बालबालिकाले खोप लगाउन सक्नेछन् । खोप लगाउन जाँदा यसअघि खोप लगाएको कार्ड अनिवार्य रुपमा साथमा राख्नुपर्ने छ ।
महानगरले सबै वडा कार्यालयलाई परिपत्र गरेर स्वास्थ्य मापदण्डको पूर्ण पालना गरी खोप लगाउन निर्देशन समेत दिएको छ ।
प्रतिक्रिया दिनुहोस्