
काठमाडौं, माघ २३ । कानून न्याय तथा संसदीय मामिलामन्त्री दिलन्द्रप्रसाद बडूले एमसीसी सम्झौता संसदमा पेस गर्ने विषयमा सभामुख अग्निप्रसाद सापकोटासँग छलफल गर्नुभएको छ ।
सभामुख सापकोटाको कार्यकक्ष सिंहदरबारमा पुगेर आइतबार मन्त्री बडूले एमसीसी प्रतिनिधिसभाको आगामी बैठकमा पेस गर्ने सरकारको तयारी रहेको जानकारी गराउनुभयो ।
सभामुख सापकोटाले भने संसद् बैठक सञ्चालन गर्नेबारे दलहरूले पहल लिनुपर्ने बताउनुभएको थियो । प्रतिनिधिसभाको बैठक माघ २६ गते १ बजेका लागि बोलाइएको छ ।
सभामुख र मन्त्री बडूबीच करिब १ घण्टा छलफल भएको थियो ।
प्रतिक्रिया दिनुहोस्