१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


काठमाडौं उपत्यकामा सोमबारबाट जोर-बिजोर हट्ने


442
Shares

काठमाडौं, माघ २३ । काठमाडौं उपत्यकामा सवारी साधनमा लगाइँदै आएको जोर बिजोर प्रणाली हटाइएको छ ।

काठमाडौं उपत्यकाका प्रमुख जिल्ला अधिकारीहरुको आइतबार बसेको बैठकले आइतबर राति १२ बजेदेखि लागू हुने गरी ट्याक्सी तथा निजी सवारी साधनमा कायम जोर–बिजोर प्रणाली हटाएको हो । साथै बैठकले फागुन १ गनेदेखि भौतिक उपस्थितिमै विद्यालयहरु सञ्चालन गर्ने निर्णय पनि गरेको छ ।

बैठहले फागुन १ गतेदेखि भौतिक उपस्थितिमै विद्यालयहरु सञ्चालनमा आउने भएको छ । तर १२ वर्ष पुरा नएका विद्यार्थीहरुको हकमा भने स्थानीय तहको समन्वयमा आलोपालो वा सिफ्ट प्रणालीमा कक्षा सञ्चालनको व्यवस्था मिलाउनुपर्ने भनिएको छ ।

कोभिड–१९ संकट व्यवस्थापन समन्वय केन्द्र (सीसीएमसीसी)को सिफारिस अनुसार प्रशासन कार्यालयले सो निर्णय गरेको हो ।