
काठमाडौं । क्यानाडामा ट्रक चालकहरुको लगातारको हड्ताल र प्रदर्शन गरेपछि क्यानाडाको राजधानी ओटावामा आपतकाल घोषणा गरिएको छ ।
ओटावाका मेयर जिम वाट्सनले कोभिड महामारीकाबीच राजधानी ओटावामा प्रदर्शन जारी रहेकाले नियन्यणका लागि आपतकाल घोषणा गरिएको जानकारी दिनुभयो ।
कोरोना विरुद्ध खोप लगाएको प्रमाणपत्र देखाउनुपर्ने लगायतका नियमहरुप्रति असन्तुष्टि जनाउदै ट्रक चालकहरुले प्रदर्शन गरिरहेका छन् ।
लगातारको प्रदर्शनले स्थानिय जनताको शान्ति सुरक्षामा खलल पुगेको भन्दै आपत्काल घोषणा गरिएको हो । आपतकालको समयमा प्रर्दशन गर्न रोक लगाईएको छ ।
यसैबीच राजधानी ओटावामा स्वतन्त्रताका लागि भन्दै आयोजना गरिएको प्रदर्शनमा सहभागी र प्रहरीबीच ठाउँ ठाउँमा झडप समेत भएको छ ।
अमेरिका र क्यानडाको सीमा पार गर्ने ट्रक चालकका लागि कोरोना विरुद्धको खोप अनिवार्य गरिएकोप्रति ट्रक चालकको सबैभन्दा धेरै असन्तुष्टि देखिएको छ ।
क्यानाडामा ट्रक चालकको संख्या १ लाख २० हजार रहेको र ती मध्ये करिब ९० प्रतिशतले खोप लगाइसकेको तथ्यांक छ । ट्रक चालकहरूले क्यानडाको संसद् भवन वरपरका सडकमा ट्रक राखेर यातायात सेवा अवरुद्ध पारेका छन् ।
प्रतिक्रिया दिनुहोस्