
काठमाडौँ । नेपाली कांग्रेसको प्रवक्तामा डा. प्रकाशशरण महत नियुक्त हुनु भएको छ ।
प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आज उहाँलाई पार्टीको प्रवक्तामा नियुक्त गर्नु भएको हो ।सभापति शेरबहादुर देउवाले आफ्ना विश्वासपात्र मानिएका महतलाई पार्टी प्रवक्ताको जिम्मेवारी दिनुभएको हो ।
उहाँलाई पार्टीको प्रवक्तामा नियुक्त गरिएको प्रधामन्त्री देउवाको सचिवालयले जनाएको छ ।
हालै सम्पन्न १४ औं महाधिवेशनमा आफ्नै समूहबाट महामन्त्री पदमा पराजित बन्नुभएका महतलाई देउवालाई प्रवक्तामा मनोनयन गर्नुभएको हो ।
प्रवक्तामा नियुक्ति गर्नुअघि सभापति देउवाले महतलाई केन्द्रीय सदस्यमा पनि मनोनित गर्नुभएको थियो । अघिल्लो कार्यसमितिमा पनि देउवालाई महतलाई सहमहामन्त्रीमा मनोनयन गर्नुभएको थियो ।
अघिल्लो कार्यसमितिमा भने विश्वप्रकाश शर्मा प्रवक्ताको जिम्मेवारीमा हुनुहन्थ्यो । १४ औं महाधिवेशनबाट भने शर्मा महामन्त्रीमा निर्वाचित हुनु भएको छ ।
प्रतिक्रिया दिनुहोस्