११ बैशाख २०८२, बिहिबार | Thu Apr 24 2025


कोरोनाबाट १३ जनाको मृत्यु, १५७० संक्रमित थपिए


182
Shares

काठमाडौं, माघ २४ । पछिल्लो २४ घण्टामा कोरोनाको संक्रमणबाट १३ जनाको मृत्यु भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर ११ हजार ३६५ नमुना परीक्षण गर्दा १ हजार ५७० जनामा संक्रमण पुष्टि भएको हो ।

मन्त्रालयका अनुसार ७ हजार ८७४ जनाको पीसीआर परीक्षण गर्दा १ हजार २२ र ३ हजार ४९१ जनाको एन्टीजेन परीक्षण गर्दा ५४८ गरी १ हजार ५७० जनामा संक्रमण पुष्टि भएको हो ।

पछिल्लो २४ घण्टामा ६ हजार १४६ जना कोरोनाबाट संक्रमणमुक्त भएका छन् ।

हाल देशभर सक्रिय संक्रमितको संख्या ४० हजार १११ रहेको छ ।