२७ फाल्गुन २०८१, मंगलबार | Tue Mar 11 2025


आठ महिनाअघि नै भारत र पाकिस्तानबीचको खेलको सम्पूर्ण टिकट बिक्री


728
Shares

एजेन्सी । अष्ट्रेलियामा हुने आईसीसी टी–२० विश्वकप आउन आठ महिना बाँकी रहेका बेला प्रतियोगिताको हाइ भोल्टेज खेलका रूपमा रहेको भारत र पाकिस्तानबीच खेलको टिकट पूर्ण बिक्री भएको छ ।

आइसीसीले सोमबारबाट विश्वकपका लागि टिकट बिक्री खुला गरेको थियो । तर, भारत र पाकिस्तान खेलको टिकट खुला भएको केहि बेरमा नै बिक्रि भइसकेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

सुपर १२ मा भारत र पाकिस्तानले अक्टोबर २३ मा खेल्ने तालिका छ । आइसीसीले विश्वकपका लागि दुई वटा टिकट दर तोकेको थियो । जसमा बालबालिकाका लागि ५ अमेरिकी डलर र अन्य व्यक्तिका लागि २० डलर तोकेको थियो ।

तर, अरु खेलको टिकट बिक्रि हुन बाँकी रहेका बेला भारत र पाकिस्तानको खेलको टिकट भने खुला भएको पाँच घण्टामा नै बिक्रि भएको हो ।

मेलबर्न क्रिकेट मैदानमा हुने सो खेलका लागि कोभिडको प्रभाव नभएको खण्डमा रंगशालाको क्षमता अनुसार दर्शकलाई मैदान प्रवेश गराउने योजना छ ।

करिव एक लाख दर्शक क्षमता रहेको मेलबर्न क्रिकेट रंगशालाको टिकट यति चाँडो विक्रि भएको यो पहिलो पटक हो ।

टि–२० विश्वकप अक्टोबर १८ बाट सुरु भएर नोभेम्बर १३ मा सकिनेछ । १६ टिमको सहभागिता रहने सो विश्वकप सातवट शहरमा हुनेछ ।

जसमा १२ टिमको सहभागिता निश्चित भइसकेको छ भने चार टिमका लागि ग्लोबल छनोट हुँदैछ । ग्लोबल छनोटको समूह ‘ए’ बाट दुई टिम र समुह ‘बी’ बाट दुई टिमले विश्वकपमा स्थान बनाउनेछन् ।