८ बैशाख २०८२, सोमबार | Mon Apr 21 2025


राजमार्ग अतिक्रमण गरी बनाएका संरचना हटाउन सुरु


1.131k
Shares

काठमाडौं, माघ २४ । सडक डिभिजन कार्यालय भरतपुर चितवनले राजमार्ग अतिक्रमण गरेर बनाइएका संरचना हटाउन सुरु गरेको छ ।

वर्षौँअघिदेखि पूर्वपश्चिम राजमार्गको लोथर बजार क्षेत्रमा सडक अतिक्रमण गरेर बनाइएका संरचना हटाउन थालिएको सूचना अधिकारी ईन्जिनियर शिव खनालले जानकारी दिनुभयो ।

उहाँका अनुसार करिब १८ वटा त्यस्ता संरचनामध्ये आधा जति संरचना आजनै हटाइएको हो । अन्य संरचना स्थानीय आफैले भत्काउने बताएको र नभत्काए पुन हटाइने जनाइएको छ ।

संरचना हटाएपछि उक्त क्षेत्रको सडक मर्मत र विस्तार गरिने बताइएको छ । स्थानीयवासी, स्थानीय तह, स्थानीय प्रहरी–प्रशासन, राजनीतिक दलका प्रतिनिधि लगायतको सहयोगमा अतिक्रमण भएका संरचना हटाउन थालिएकाले कुनै विवाद नभएको सूचना अधिकारी खनालले बताउनुभयो ।

लोथर पुलबाट १६० मिटर चितवनतर्फको राजमार्गको २५ मिटर दायाँ बायाँका संरचना हटाउन सुरु गरिएको हो ।