१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


मधेश प्रदेशसभामा आज सभापति चयन हुँदै


52
Shares

काठमाडौं । मधेस प्रदेशमा आज प्रदेशसभामा रिक्त रहेका दुई वटा संसदीय समितिका सभापति चयन हुने भएको छ।

सार्वजनिक लेखा समिति र कृषि तथा भूमि व्यवस्था समितिले आज सभापति पाउन लागेको हो । सार्वजनिक लेखामा सभापतिका लागि कांग्रेसबाट नरेशकुमार यादव र प्रतिपक्षी लोसपाबाट प्रल्हाद गिरिले उम्मेदवारी दर्ता गराउनु भएको छ

। कृषि समितिमा सत्तारुढ दलबाट नेकपा एकीकृत समाजवादीका मदनसेन प्रसाद श्रीवास्तव र प्रतिपक्ष नेकपा एमालेकी जगतारण देवीले मनोनयन पत्र दर्ता गराउनु भएको छ ।

एकल उम्मेदवारी परेपछि नेकपा माओवादी केन्द्रका जगत यादव भने प्राकृतिक स्रोत तथा वातावरण समितिमा निर्विरोध निर्वाचित भइसक्नु भएको छ ।

सार्वजनिक लेखा समितिमा कांग्रेस, कृषि समितिमा एस र प्राकृतिक स्रोतमा माओवादी केन्द्रले पाउनेगरी सत्ता गठबन्धनमा भागवण्डा भए अनुसार उम्मेदवारी परेको हो ।

समाजवादीका मनिष सुमनले अर्थ तथा योजना समिति, अब्दुल कलाम अजादले विकास समिति र अशोक यादवले प्रदेश मामिला समितिको सभापति यसअघि नै पाइसक्नु भएको हो ।