१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


कमल थापाद्वारा राप्रपाबाट अलग भएको घोषणा


6.396k
Shares

हेटौंडा । राप्रपाका पूर्वअध्यक्ष कमल थापाले पार्टीबाट अलग भएको घोषणा गर्नुभएको छ ।

गृहजिल्ला मकवानपुरको हेटौंडामा भएको पत्रकार सम्मेलन गरेर थापाले पार्टीबाट अलग हुने घोषणा गर्नुभएको हो ।

आफ्ना मागकाे नेतृत्वले सम्बाेधन नगरेकाले नचाहँदा नचाहँदै पार्टीबाट अलग हुने निर्णय बाध्य भएकाे थापाले बताउनुभयाे ।

थापाले पार्टीको चुनावको क्रममा निर्मल निवासबाट भएको हस्तक्षेपबारे छानबिन हुनुपर्ने माग राख्दै आउनुभएकाे थियाे । साथै उहाँले केन्द्रीय सदस्य मनाेनयनमा पनि अध्यक्ष राजेन्द्र लिङ्देनले एकलाैटी गरेकाे आराेप लगाउनुभएकाे थियाे ।

उहाँले सामाजिक सञ्जालमा लेख्नुभएकाे छ, ‘३१ वर्ष राप्रपामा रहँदा विताएका क्षणहरु प्रति म सदैव गौरव गरि रहनेछु । राप्रपाका कुनै साथीहरूसँग मेरो वैरभाव छैन । सबैको भलो होस् भन्ने कामना गर्दछु ।’

सोमबार उहाँले आफूनिकटका पार्टी पदाधिकारी र केन्द्रीय सदस्यको भेलामा माग पूरा नभए पार्टीबाट अलग हुने भन्दै त्यसका लागि कार्यकर्तालार्ई तयार रहन आग्रह गर्नुभएको थियो ।

थापा निकष्टस्थका अनुसार उहाँ नयाँ पार्टी गठनको अन्तिम चरणमा हुनुहुन्छ ।