११ बैशाख २०८२, बिहिबार | Thu Apr 24 2025


खुकुरी प्रदर्शनले सेना दिवसको रौनक बढायो


0
Shares

काठमाडौं, फागुन ९ । नेपाली सेनाले शुक्रबार सेना दिवस मनाएको छ । नेपाली सेनाले महाशिवरात्रिका अवसरमा हरे बर्ष सेना दिवस मनाउने परम्परा रही आएको छ ।

सैनिक मञ्च टुँडिखेलमा आयोजित विशेष समारोहमा राष्ट्रपति विद्यादेबी भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी शर्मा ओली, सभामुख अग्नि सापकोटा, संवैधानिक अंगमा प्रमुख, नेपालस्थित विदेशी कूटनीतिक नियोगका प्रमुख, उच्च पदस्थ कर्मचारी लगाएत सुरक्षा अंगका प्रमुखहरुको उपस्थिति थियो ।

यस बर्षको सेना दिवस विगतका बर्षभन्दा केही फरक देखिएको थियो । नेपालीहरुको गौरवको रहेको रुपमा रहेको हतियार खुकुरी प्रदर्शनले सेना दिवसको रौनक बढाएको थियो । विपतका बेला सेनाले गर्ने उद्धारको दृष्य पनि उत्तिकै रोचक थियो ।

कार्यक्रममा तोप–गोला, नेपाली सेनाले प्रयोग गर्ने हतियार र विभिन्न उपकरणको प्रदर्शन गरिएको थियो । विभिन्न गण र खेलाडीहरुको मार्चपासले सेना दिवसमा रौनकता थपेको थियो ।

मौसममा आएको खराबीले नेपाली सेनाको हेलिकप्टरबाट गर्र्दै आएको विशेष प्रदर्शन भने स्थगित गरिएको थियो । कार्यक्रममा देशको मौलिक पहिचान झल्कने बाजा र विभिन्न भेषभुषामा सजिएकाहरुले गरेको झण्डा प्रर्शनले पनि कार्यक्रमको सौन्दर्यता बढाएको थियो । सो अवसरमा प्रधानसेनापति पूर्णचन्द्र थापाले विभिन्न कला कौशलमा उत्कृष्ट हुने सैनिकहरुलाई पुरस्कृत गरेका थिए ।