
सिञ्जा, फागुन ९ । जुम्लामा फेरि शुक्रबार बिहानदेखि हिमपात भएको छ ।
यसपटक पनि अघिल्लो हिउँ नपग्लिइ पुनः हिमपात भएको हो । लगातारको हिमपातले जनजीवन प्रभावित हुँदै गएको छ ।
बिहानैदेखि परेको हिउँले फेरि डाडाँकाँडा सबै सेताम्मे बनाएको छ । चिसोले सरकारी कामकाज तथा यातायातसमेत प्रभावित भएको छ ।
हवाई यातायात भने अनियमित मौसमका कारण बन्द रहेको छ । लगातार पानी र हिउँबाट बच्न तथा न्यानो गर्न स्थानीय प्रशासनले पटक–पटक सूचनासमेत जारी गर्दै आएको छ । चिसोले अस्पतालमा बिरामीसमेत बढ्ने गरेका छन् ।
अस्पतालमा रुघाखोकीका बिरामी बढेका पाडब गुफा हेल्थ स्वास्थ चौकीका अहेब नेत्रबहादुर खत्रीले जानकारी दिए । रासस
प्रतिक्रिया दिनुहोस्