
तस्विर फाइल
काठमाडौं । स्वास्थ्यमा समस्या देखिएपछि संस्कृतिविद् सत्यमोहन जोशीलाई अस्पताल भर्ना गरिएको छ ।
सोमबार रातिदेखि स्वासप्रस्वासमा समस्या देखिएपछि जोशीलाई मंगलबार दिउँसो किस्ट अस्पतालमा भर्ना गरिएको अस्पतालका निर्देशक प्रा.डा. सुरज बज्रचार्यले जानकारी दिनुभयो ।
बज्रचार्यका अनुसार १०२ वर्षीय जोशीको छातीमा न्यूमोनियाको संक्रमण देखिएको छ । न्यूमोनिया नियन्त्रणका लागि जोशीलाई एन्टिवायोटिक चलाइएको उहाँले बताउनुभयो ।
कोरोना भए/नभएको जाँचका लागि स्वाब संकलन गरी पीसीआर परीक्षण गर्न पठाइएको अस्पतालले जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।
जोशीको स्वास्थ्य अवस्था सुधारोन्मुख रहेको अस्पतालले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्