
सरोज अधिकारी (ईमेज)
काठमाडौं, फागुन ९ । प्रधानमन्त्री केपी ओलीले मन्त्रिपरिषदका सदस्यहरुको कमै मात्र प्रसंसा गर्दछन् । त्यसमध्ये एक निवर्तमान सञ्चारमन्त्री गोकुलप्रसाद बास्कोटा थिए ।
भर्खरै मात्र ७० करोड कमिसन प्रकणमा विवादमा तानिएपछि पदबाट हात धुनु परेका बास्कोटाको लवज पनि प्रधानमन्त्री ओलीकै जस्तो रहेको चर्चा हुने गरेको छ ।
मन्त्री पदबाट राजीनामा दिएपछि पनि सायद प्रम ओलीको साथ नै पाएर होला बास्कोटाले अझै पनि आफ्नो अडियो नभएको भन्दै प्रतिकार गरीरहेका छन् ।
प्रधानमन्त्री ओलीको यो अभिव्यक्ति नै ओली र बास्कोटाबीचको सम्बन्ध बुझ्न प्रयाप्त छ । प्रधानमन्त्री ओलीले बास्कोटा जत्तिको प्रतिभा समकालीन राजनीतिमा कोही नभएको चर्चा गरेको एक दिन पछि नै ७० करोड कमिशन काण्डमा मुछिँदा पद नै छोड्नु पर्यो ।
सरकारको प्रवक्ता रहेका बास्कोटा पनि प्रधानमन्त्री ओलीको व्यक्तिगत प्रवक्ता जस्तै थिए । प्रधानमन्त्री ओली तथा सरकारका बारेमा उठ्ने कुनै पनि प्रश्न वा आलोचनाको प्रतिउत्तरमा उत्रने पहिलो व्यक्ति सायद, बास्कोटा नै हुनुहुन्थ्यो । उनका थुप्रै सार्वजनिक अभिव्यक्तिहरुले यसको पुष्टी गर्दछ ।
केपी ओली प्रधानमन्त्री बनेपछि ओलीको निवास बालकोटलाई नै मन्त्री क्वाटर बनाएर घर कुरेर बास्कोटा त्यहीँ नै बसिरहेका छन् । ७० करोड काण्ड सार्वजनिक भएपछि प्रधानमन्त्री निवास बालुवाटारमा नै प्रधानमन्त्रीलाई राजीनामा बुझाएर पुन प्रधानमन्त्री ओलीको निजी निवास बालकोट पुगेका बास्कोटाको दम्भपूर्ण अभिव्यक्ति फेरि दोहोरीएको छ ।
आफ्नो भनेर आएको अडियो नै गलत रहेको भन्दै बास्कोटाले नैतिकताको प्रश्न आएपछि राजीनामा दिनु उचित ठानेर ड्याम्म राजीनामा दिएको बताए । ‘जब प्रश्न उठ्यो, ठीक होला बेठिक होला, सत्य होला, असत्य होला एनिमेसन होला, के–के होला, सातवटा जोडेर अडियो बनाएको होला, सही होला वा नहोला, त्यो बेग्लै चिज हो’ मन्त्री बस्कोटाले उहि शैलीमा शुभचिन्तकसँग बालकोट निवासमै भनिदिए ।
‘तर, जब एउटा पोलिटिकल मान्छेलाई प्रश्न उठ्छ, उसले यसमा अप्ठ्यारो मान्नु नै हुँदैन, ढ्याक्क राजीनामा दिने हो ।’ विपक्षीले संसद रोक्ने चेतावनीपछि मात्र राजिनामा दिनुभएका बास्कोटा र प्रधानमन्त्री ओलीबीच अहिले पनि उस्तै सम्बन्ध छ भन्ने दर्बिलो प्रमाण हो ।
प्रमको निजी निवासमा नै बास्कोटा अहिले पनि बसिरहेको विषय । तसर्थ यो घटनालाई राजीनामा दिने तहबाटै सामसुम पार्ने प्रयत्नले कतै प्रधानमन्त्रीले भनेको ‘म भ्रष्टचार गर्दिन र गर्न पनि दिन्न’ भन्ने नारालाई नै गिज्याइरहेको त छैन ? आम नेपालीले प्रधानमन्त्री ओलीसमक्ष प्रश्न गरीरहेका छन् ।
प्रतिक्रिया दिनुहोस्