
काठमाडौं । आजदेखि शुक्रबारसम्म देशका अधिकांश स्थानमा वर्षा र उच्च पहाडी तथा हिमाली भेगमा हिमपात हुने सम्भावना रहेकाे छ । मौसम पुर्वानुमान महाशाखाले केही दिनयता रोकिएको वर्षा र हिमपात फेरी सुरू हुने जनाएको हाे ।
हाल देशमा पश्चिमी वायुको प्रभावले देशभर मौसम बदली भई सुदूर पश्चिम प्रदेश, कर्णाली प्रदेश, लुम्बिनी प्रदेश र गण्डकी प्रदेशका धेरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।
त्यस्तै बाग्मती प्रदेश तथा प्रदेश – १ का केही स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ । साथै देशका उच्च पहाडी तथा हिमाली भू–भागका धेरै स्थानहरुमा हल्कादेखि मध्यम हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।
यसैगरी भोली दिउँसो देशका पहाडी भु–भागमा आंशिकदेखि सामान्य बदली रहने छ । बाँकी भु–भागमा भने आंशिक बदली रहने छ । त्यस्तै, प्रदेश -१, बागमती प्रदेश र गण्डकी प्रदेशका थोरै स्थानहरूमा हल्का वर्षाको र सो प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।
यसैगरी आगामी शुक्रबार दिउँसो प्रदेश-१, मधेश प्रदेश, बाग्मती प्रदेश र गण्डकी प्रदेशमा आंशिक बदली रहि बाँकी भु–भागमा मौसम सामान्यतया सफा रहने छ ।
प्रदेश -१, बागमती र गण्डकी प्रदेशका केही स्थानमा हल्का वर्षाको र सो प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानमा हल्का हिमपातको सम्भावना रहेको मौसम पुर्वानुमान महाशाखाले जनाएकाे छ ।
प्रतिक्रिया दिनुहोस्