१५ बैशाख २०८२, सोमबार | Tue Apr 29 2025


कास्की र झापामा भएको छुट्टाछुट्टै सवारी दुर्घटनामा एकको मृत्यु, दुई गम्भीर घाइते


104
Shares

काठमाडौं । कास्की र झापामा छुटछुट्टै भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने अन्य दुई जना गम्भीर घाइते भएका छन् ।

कास्कीको पोखरा महानगरपालिका–२५ हेम्जामा मंगलबार बेलुकी मोटरसाइकल र बोलेरो जिप एक आपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने एक जना गम्भीर घाइते भएका छन् ।

ग १ ज ५०५६ नम्बरको जिप र ग ६ प ८८०२ नम्बरको मोटरसाइकल एक आपसमा ठोक्किँदा मोटरसाइकल चालक पोखरा महानगरपालिका–५ प्रस्याङ धारापानीका २६ वर्षीय दिपक नेपालीको मृत्यु भएको हो ।

दुर्घटनामा घाइते भएका उनको उपचारको क्रममा पोखरा स्थित मणिपाल अस्पतालमा मृत्यु भएको हो ।

यूतै, गम्भीर घाइते भएका मोटरसाइकलमा पछाडि सवार गुल्मीका २२ वर्षीय सुनिल नेपालीको पोखरा स्थित फिस्टेल अस्पतालमा उपचार भईरहेको छ ।

जिप सहित चालकलाई वडा प्रहरी कार्यालय बगरले नियन्त्रणमा लिएको छ ।

यसैगरी, झापाको भद्रपुर नगरपालिका–२ चारआलीमा मंगलबार साँझ रोकिराखेको ट्रयाक्टरमा मोटरसाइकल ठोक्किएर दुर्घटना हुँदा चालक गम्भीर घाइते भएका छन् ।

भद्रपुरबाट बनियनीतर्फ जाँदै गरेको मे ६ प ३८३४ नम्बरको मोटरसाइकल बेलुकी सवा ६ बजे सडक छेउमा रोकिराखेको ट्रयाक्टरमा ठोक्किँदा चालक स्थानीय ४२ वर्षीय अब्राहम लिम्बुको मृत्यु भएको हो ।

दुर्घटनामा गम्भीर घाइते भएका लिम्बुको भद्रपुरस्थित ओम साई पाथिभरा अस्पतालमा उपचार भईरहेको छ ।

ट्रयाक्टर सहित चालकलाई सिमा प्रहरी चौकी पृथ्वीनगरले नियन्त्रणमा लिएको छ ।