१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


स्थानीय तह निर्वाचनबारे गृहमन्त्री खाँण र अर्थमन्त्री शर्माबीच छलफल


234
Shares

काठमाडौं । सरकारले घोषणा गरेको स्थानीय तह निर्वाचनबारे गृह र अर्थ मन्त्रालयका अधिकारीहरुबीच छलफल भएको छ ।

गृह मन्त्रालयमा भएको छलफलमा गृहमन्त्री बालकृष्ण खाँण र अर्थमन्त्री जनार्दन शर्मासहित मन्त्रालयका अधिकारीहरु सामेल हुनुहुन्थ्यो । उहाँहरुबीच निर्वाचनलक्षित बजेटबारे छलफल भएको हो ।

नेपाल प्रहरी र सशस्त्र प्रहरीसहितका सुरक्षा निकायका लागि आवश्यक पर्ने सवारी साधन र बन्दोबस्तीका सामानबारे छलफल भएको सहसचिव डा. भिष्मकुमार भुषालले जानकारी दिनुभएको छ ।

छलफलमा गृहसचिव टेकनारायण पाण्डे, अर्थसचिव मधु मरासिनीसहित गृहका सुरक्षा तथा समन्वय महाशाखा प्रमुख सहसचिव मुकुन्द निरौला, योजना महाशाखा प्रमुख डा. भुषालसहितका कर्मचारीहरू सहभागी हुनुहुन्थ्यो ।