
इलाम । इलाम सदरमुकाममा रहेको फाल्गुनन्द सुकिलुम्बा विमानस्थलमा आज सफल परीक्षण उडान गरिएको छ ।
विमानस्थलको धावामार्ग कालोपत्रे निमार्णको काम सम्पन्न भएपछि नेपाल वायुसेवा निगमको (-9N-ABT_ ) विमानले परीक्षण उडान गरेको हो । आगामी फागुन ८ गतेदेखि नियमित उडान सुरु गर्न लागेको विमानस्थलमा सफल परीक्षण भएको छ ।
आज भएको सो परीक्षण उडान बिमानस्थलको धावनमार्ग कालोपत्रे भए पश्चात पहिलो उडान भएपनि यो विमानस्थलको परीक्षण उडान भने द्रोस्रो पटक भएको हो । यस अघि तारा एयरको विमानले कच्ची धावनमार्गमा गत २०७५ सालको जेठमा पहिलो पटक सफल परीक्षण गरेको थियो ।
आज मुख्य क्याप्टेन पेम्बा शेपा , क्यापटेन रक्क्षित मल्ल र नागरिन उड्ययन प्राधिकरणको टोली सहित ११ जनालाई लिएर नेपाल वायुसेवाको विमान काठमाडौंबाट इलाम उडान गरेको हो । काठमाडौंबाट बिहान ९ः७ बजे उडेको विमान १०ः४ बजे इलाम सदरमुकामको सुकिलुम्बा विमास्थलमा अवतरण गरेको थियो ।
जहाज बस्नका लागी धावन मार्ग सहज रहेकाले सफल उडान परीक्षण भएको क्यापटेन पेम्बा शेर्पाले बताउनु भएको हो । उहाँका अनुसार यो विमानस्थबाट अब नियमित उडान गर्न सकिने समेत बताउनु भएको छ ।
यता सुकिलुम्बा विमानस्थलका आयोजना प्रमुख बिनायक भट्टराईका अनुसार विमानस्थल नियमित उडानका लागि पुरा भएको भएपनि आवश्यक संरचनाहरु निमार्ण गर्न अझै बाँकी रहेको बताउनु भयो ।
७ सय मिटर लम्बाई र ६० मिटर चौडाईको धावनमार्ग सहितको विमानस्थलको शिलान्यास २०६८ सालमा गरिएको थियो । समुद्र सतहबाट १ हजार १ सय ५० मिटर उचाइमा रहेको सो स्थानमा प्रायःघाम लागिरहने भएकोले विमानस्थलका लागि उपयुक्त भएको जनाइएको छ ।
सो विमानस्थलले पूर्वी पहाडी जिल्ला र सीमापारी भारतको दार्र्जििलङ, सिक्किम लगायतका बासिन्दाका लागि सहज हुने छ।
प्रतिक्रिया दिनुहोस्