
चितवन । जिल्ला अधिवेशन उद्घाटनको एक महिनापछि एमाले चितवनको नेतृत्व चयन गरेको छ ।
बुधबार चितवन एमालेले रामप्रसाद न्यौपानेलाई अध्यक्षमा चयन गरेको छ । जिल्ला कमिटीको उपाध्यक्षमा कमलराज पाठक, सचिवमा प्रकाश खनाल ‘शैलेस’, सह–सचिवमा प्रकाश ढुंगाना र चन्द्रकान्त न्यौपाने चयन भएका छन् ।
एमाले अध्यक्ष बनेका न्यौपाने यसअघि नेकपाको भरतपुर महानगर कमिटी अध्यक्ष हुनुहुन्थ्यो । एमालेको अध्यक्षका लागि न्यौपानेसँगै कृष्ण भुर्तेल र तेजेन्द्र खड्काले पनि आकांक्षा राख्नुभएको थियो ।
एकता प्रक्रियाबाट आएका झण्डै १५ जना जिल्ला कमिटीमा समेटिएको निर्वाचन समितिले जनाएको छ । एमालले भर
प्रतिक्रिया दिनुहोस्