१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमको ब्यानर देखाएर ठगी


65
Shares

बर्दिया । राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमको ब्यानर देखाएर शैक्षिक सामग्री बिक्री गरेको आरोपमा एक जना पक्राउ गरेको छ ।

बर्दियाका विद्यालय र विभिन्न संघ संस्थालाई ५० हजार रुपैयाँमा कम्प्युटर, प्रिन्टर, प्रोजेक्टर, स्मार्टबोर्ड, सीसीटीभी, पेनड्राइभ लगायतका सामग्री बिक्री गर्ने क्रममा सामग्रीसहित बर्दिया प्रहरीले पोखराबाट एक जनालाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा पोखरा महानगरपालिका–२५ का ३९ वर्षीय प्रकाश बराल क्षेत्री रहेका छन् । उनलाई गुलरिया नगरपालिका–६ को बंगलामुखी माध्यमिक विद्यालयबाट पक्राउ गरिएको बर्दियाका प्रहरी नायव उपरीक्षक हेमबहादुर शाहीले जानकारी दिनुभयो ।

बरालले राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमको ब्यानर प्रयोग गरेर तथा लुम्बीनी प्रदेशका सञ्चारमन्त्री र बर्दियाका सासंदको नाम प्रयोग गरेर गलत ढङ्गबाट ठगी गर्ने गरेको पाइएको प्रहरीले जनाएको छ ।