
काठमाडौं, माघ २६ । शेयर बजारमा बुधबार पनि दोहोरो अंकको गिरावट जारी रह्यो ।
उतार चढावबीच बजार परिसूचक नेप्से २२ अंकले ओरालो लागेर २८ सय १३ मा आएर थामियो ।
बुधबार कारोबार समेत अझै घटेर जम्मा साढें ३ अर्ब हाराहारीमै खुम्चियो । मंगलबार केही समूह सकारात्मक रहेकोमा आज सबै समूह राताम्मे रहे । निर्जीवन बीमा समूह सबैभन्दा उच्च २ सय अंक हाराहारीले ओरालो लाग्यो ।
जीवन बीमा समूह पनि ढेड सय अंकले ओरालो लाग्यो । अरु पनि अधिकांश समूहमा दोहोरो अंकको गिरावट आयो । यस दिन नेपाल स्टक एक्सचेन्जमा २ सय २३ कम्पनीको ६५ लाख कित्ता शेयर जम्मा ३ अर्ब ४७ करोड बराबरमा किनबेच भएको एक्सचेन्जले जनाएको छ ।
यस दिन १ सय ६५ कम्पनीको मूल्य घट्दा जम्मा २० को बढ्यो भने ६ को स्थिर रहेको पनि नेप्सेले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्