१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


प्रजातान्त्रिक युवा संगठनका उपाध्यक्ष कट्वालद्वारा राप्रपा परित्याग


7.553k
Shares

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी निकट राष्ट्रिय प्रजातान्त्रिक युवा संगठनका उपाध्यक्ष कैलाश कट्वालले राप्रपा परित्याग गर्नुभएको छ ।

राप्रपाका पूर्वअध्यक्ष कमल थापाले पार्टी परित्यागको घोषणा गरेसँगै कट्वालले बुधबार प्रेस विज्ञप्ति जारी गर्दै राप्रपाको कुनै पदमा नरहने घोषणा गर्नुभएको हो ।

कमल थापाले नेतृत्व गरेको तत्कालीन राप्रपा नेपालबाट राजनीतिक यात्रा सुरु गरेका कट्वाल कट्टर राजावादीका रुपमा चिनिन्थे । राप्रपाको युवा संगठलाई बलियो बनाउन उनको भूमिका महत्त्वपूर्ण थियो ।