९ बैशाख २०८२, मंगलबार | Tue Apr 22 2025


बागमती प्रदेश सरकारले स्थापना दिवस नमनाउने निर्णय


78
Shares

हेटौंडा, माघ २६ । बागमती प्रदेश सरकारले आफ्नो स्थापना दिवस नमनाउने निर्णय गरेको छ ।

बुधबार बसेको मन्त्रिपरिषद् बैठकले प्रदेश सरकारको स्थापना दिवस नमनाउने निर्णय गरेको सरकारका प्रवक्ता एवं आन्तरिक मामिला तथा कानूनमन्त्री कृष्ण शर्मा खनालले बताउनुभयो ।

माघ २९ गते बागमती सरकार स्थापना भएको चार वर्ष पुग्दै छ । कोभिडका बीच पनि गत वर्ष सम्म स्थापना दिवस मनाउदै आइरहेको थियो । यस वर्ष भने गठबन्धन सरकारले स्थापना दिवस नमनाउने भएको छ । यसअघिका स्थापना दिवसमा विभूषण, उत्कृष्ट कर्मचारी र पत्रकार पुरस्कृत हुने गरेका थिए । प्रदेश सरकारले संविधान दिवस वा गणतन्त्र दिवसको अवसर पारेर स्थापना दिवसका स्वरुपमा कार्यक्रम गर्ने मन्त्री खनालले बताउनुभयो ।

यसैगरी बागमती प्रदेशभित्र सञ्चालित यात्रुवाहक सवारी साधनमा डिजिटल अधारमा भुक्तानी प्रणाली सञ्चालन गर्ने निर्णय बैठकले गरेको छ ।

यात्रुले २७ रुपैयाँ कायम भाडा तिर्दा खुला पैसा फिर्ता नपाउने समस्या हटाउँदै पार्दशिता र यात्रुको सहजताका लागि डिजिटल भुक्तानी प्रणाली सञ्चालन गर्न खोजिएको मन्त्री खनालले जानकारी दिनुभएको छ ।