१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


द्रूतमार्ग निर्माणका लागि बजेट अभाव हुँदैन : अर्थ मन्त्रालय


169
Shares

काठमाडौं, माघ २६ । अर्थ मन्त्रालयले निर्माणाधिन काठमाडौं-तराई/मधेश दू्रतमार्ग आयोजनाका लागि बजेटको अभाव हुन नदिने बताएको छ ।

आयोजना निर्माणको जिम्मेवारी लिएको नेपाली सेनाले बजेट सुनिश्चित् गर्न माग गरिरहेका बेला अर्थ मन्त्रालयले यस्तो प्रतिवद्धता जनाएको हो ।

बुधबार संघीय संसद राष्ट्रियसभा अन्तर्गतको प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिको बैठकमा अर्थ मन्त्रालयका सहसचिव बाबुराम सुवेदीले राष्ट्रिय गौरवको सो आयोजनाका लागि बजेटको अभाव हुन नदिने प्रतिवद्धता जनाउनु भएको हो । तर त्यसका लागि यथार्थमा आधारित योजना लिएर आउन पनि आयोजनालाई आग्रह गर्नुभयो ।

त्यस्तै, राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. विश्वनाथ पौडेलले पनि आयोजनालाई बजेटबारे समयमै सम्बन्धित मन्त्रालयहरुसँग समन्वय गर्न आग्रह गर्नु भयो । आयोजनाको कामको प्रगति हेरेर बजेटको व्यवस्था गर्नुपर्ने उहाँले बताउनुभएको थियो ।

यता, रक्षा मन्त्रालयले भने तोकिएकै मितिमा आयोजना सम्पन्न गर्ने तर त्यसका लागि सरकारले बजेटको स्रोतको सुनिश्चितता गर्नुपर्ने जनाएको छ । रक्षा सचिव किरणराज शर्माले आयोजना तोकिएकै मितिमा सम्पन्न गर्न बजेटको आवश्यक व्यवस्था मिलाउनुपर्ने बताउनुभयो ।

करिब १ खर्व ७५ अर्व बजेट लाग्ने सो आयोजना २०८१ सालभित्र सम्पन्न गरिसक्ने लक्ष्य लिइएको छ । आयोजना प्रमुख सहायक रथी विकास पोखरेलले सो आयोजना समयमै सम्पन्न हुने दोहो¥याउँदै त्यसका लागि बजेटको अभाव हुन नहुने बताउनुभयो ।